सर्बोत्तम सिमेन्टको आईपीओ बुक बिल्डिङ प्रक्रियाबाट

नेपालका लागि बुक बिल्डिङ प्रक्रिया नँया हो। तर यो नँया भएता पनि यस्का धेरै फाइदाहरू छन्। यस बुक बिल्डिङ प्रक्रियामा कम्पनीले आफ्नो केही प्रतिशत शेयर सर्वप्रथम संस्थागत लगानीकर्तालाइ छुट्यएको हुन्छ। कम्पनि र इस्यु म्यानेजरले एउटा दायरा तोकेर दिने गर्छ जस्मा यी संस्थागत लगानीकर्ताले त्यही दायरामा अक्सन प्रक्रियाबाट कम्पनीको शेयर किन्ने छन्। संस्थागत लगानीकर्ता भन्नाले सूचिकृत संगठित सस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामुहिक लगानी कोष व्यवस्थापक, सामुहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, बोर्डले समय समयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्था आदिलाइ जनाउछ।

कम्पनीको शेयर किन्दा हुन आएको कट अफ मुल्यमा दश प्रतिशत छुट दिएर हुन आउने मुल्यमा आईपीओ निकाल्ने छ जस्ले गर्दा सर्वसाधारणलाइ सस्तो मुल्यमा शेयर खरिद गर्न पाउने छन। यो मुल्य पहिला आउने पार अर्थात् सय रूपैया भन्दा धेरै भएता पनि कम्पनीको यथार्थतालाइ मध्यनजर गरेर संस्थागत लगानीकर्ताहरूले अक्सनप्रक्रियाबाट कम्पनीको शेयर किनेको हुँदा सामान्यतया सर्वसाधारणलाइ मर्का पर्देन। सर्वसाधारणले अन्य आईपीओमा आवेदन दिए जस्तै यस्मा पनि त्यही प्रक्रियाबाट आवेदन दिन सकिन्छ तर प्रति सेयर मुल्य भने यसमा बढी हुन जान्छ। मानौ सर्बोत्तम सिमेन्टको कट अफ मुल्य रू३०० भयो भने यस्मा कम्तिमा पनि १० प्रतिशत छुट दिएर हुन आएको मुल्य रू२७० मा आवेदन दिन सकिन्छ। अर्थात पहिला रू१०० मा एउटा सेयरको आईपीओ आवेदन दिन सकिन्थियो भने अहिले त्यो एउटा सेयरलाइ रू२७० मा आवेदन दिन पर्ने हुन्छ। साथै पहिला आवेदन दिदा कम्तिमा पनि दश (१०) कित्ता आवेदन दिनु पर्ने थियो भने अहिले बुकबिल्डिङमा कम्तिमा पनि (५०) कित्ता आवेदन दिनु पर्ने हुन्छ। बुकबिल्डिङ प्रक्रियामा आईपीओको आवेदन दिने प्रक्रिया पहिलाको जस्तै हो। मेरो सेयरबाट पहिला जसरि आईपीओको आवेदन दिन सकिन्थयो त्यसरी नै यसमा पनि आवेदन दिन सकिन्छ। त्यसै गरि मेरो सेयर नहुनेहरूले बैङकमा गएर आवेदन दिन पनि सकिन्छ।

यसले गर्दा कम्पनीलाइ आफ्नो पुँजी बढाउनलाइ मद्त मिल्छ। त्यसैले यो सर्वसाधारणलाइ मात्र नभइ कम्पनिलाइ पनि फाइदा हुने देखिन्छ।

अहिले हालचालै सर्बोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने भएको छ। कम्पनीको माघ छ गते बसेको आफ्नो दोस्रो एजीयममा बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने निर्णय गरेको छ। बुक बिल्डिङ प्रक्रियामा जानलाइ आवश्यक पर्ने सबै कुरा कम्पनीले पुरा गरेको छ। कम्पनिले लगातार तीन वर्षसम्म नाफा कमाएको, औसत या औसत भन्दा बढी रेटिङ पाएको, एजीयम्मा बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने निर्णय गरेको, कम्पनिको नेटवर्थ १५० प्रतिशत हुनु पर्ने दि सबै रहेको छ। कम्पनिले आउने चैतसम्ममा आईपीओ ल्याउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *