निर्वाचन आयोगलाई नेकपाका दुबै पक्षको दबाब

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुबै घटकले पार्टीको आधिकारिकता आफूले पाउनु पर्ने दबाब निर्वाचन आयोगमा बढाएका छन्।

dubainepal

पछिल्ला दुई हप्तामा दुबै घटकका शीर्ष नेताहरू आयोगमा पुगेर प्रत्यक्ष/परोक्ष रूपमा त्यस्तो दबाब बढाएका हुन्।

माघ २० गते आफ्नो पक्षमा निर्णय गर्न दबाब दिन तीन पूर्वप्रधानमन्त्री दलबलसहित निर्वाचन आयोग पुगेका थिए।प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गएर आफूहरूले आधिकारिक पार्टीको मान्यता पाउनु पर्ने जिकिर गरे।

‘उहाँहरूले कडा शब्दमै आफ्ना भनाइ राख्नुभयो। लिखित पत्र पनि कडा नै छ,’ आयोग स्रोतले भन्यो।

केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफूहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न उनीहरूले आयोगलाई चेतावनी दिएका थिए।

चुनावको तयारी कस्तो छ भन्ने बुझ्ने बहानामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो दलबलसहित मंगलबार निर्वाचन आयोगमा पुगे। अर्थमन्त्री बिष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङसहित नेता लिएर आयोग पुगेका प्रधानमन्त्रीले पनि आफ्नो पक्षमा दबाब बढाए।

प्रधानमन्त्री ओलीले त पार्टी दुइटा समूहमा विभाजित भएको कुरालाई नै अस्वीकार गरे। आयोग स्रोतका अनुसार उनले २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफू रहेको र पार्टीमा कुनै परिवर्तन नआएको बताए। उनले आफ्नो सरकार पनि बहुमतकै भएको दाबी गरे। पार्टी अध्यक्षको निर्देशनमा महासचिवले मात्र बैठक बोलाउन सक्ने भएकाले अरू कसैले गरेको बैठक र त्यसले गरेको निर्णयको कुनै अर्थ नरहेको उनले बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *