सर्वोत्तम सिमेन्टको आईपीओको मुल्य रू ७५० भन्दा माथि

कम्पनिले आफ्नो सेयर बुक बिल्डिङबाट ल्याउने तय भए साथसाथै उस्ले आफ्नो सेयरको मुल्य पनि तोकि सकेको छ। कम्पनिले प्रति सेयर आशय मुल्य रू ७५० तोकेको छ जस्मा बढीमा २० प्रतिशत र घटिमा पनि २० प्रतिशत अर्थात (रू६०० देखि रू ९००) को दायरा तोकेको छ। त्यही दायरामा रहेर संस्थागत लगानीकर्ताले बिड गर्ने छन। उनीहरूले बिड गरेर हुन आएको कट अफ मुल्यमा १० प्रतिशत सम्म छुट दिएर सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। यद्यपि कम्पनिले आफ्नो सेयरको आशय मुल्य रू ७५० तोकेको भए पनि सर्वसाधारणले खरिद गर्दा सम्म यस्को मुल्य ठ्यक्कै यति नै हुन सक्छ भनेर अनुमान लगाउन अलि सकिएको छैन। त्यसमाथि कम्पनि स्वयमंले सेयर बिक्रि गर्ने अवस्थासम्म आउदा यो मुल्यमा सामान्य हेरफेर हुन सक्ने बताएको छ।

dubainepal

सामान्यतया कम्पनिको आशय मुल्य रू ३०० देखि रू ४०० सम्म हुन सक्ने अनुमान लगाइएको थियो तर कम्पनिले रू ७५० आशय मुल्य तोके पछि यो मुल्य धेरै रहेको धेरैको भनाइ रहेको छ। त्यसो त यो आईपीओ अहिले सम्मकै धेरै मुल्यमा निष्कासन हुन लागेको आईपीओ हो। नेपालमै सर्वप्रथम बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ आउन लागेको यो पहिलो कम्पनि हो। बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने कम्पनिको आर्थिक अवस्था राम्रो भएको हुनु पर्ने छ। बुक बिल्डिङ प्रक्रियामा जानलाइ आवश्यक पर्ने सबै कुरा कम्पनीले पुरा गरेको छ। कम्पनिले लगातार तीन वर्षसम्म नाफा कमाएको, औसत या औसत भन्दा बढी रेटिङ पाएको, एजीयम्मा बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ ल्याउने निर्णय गरेको, कम्पनिको नेटवर्थ १५० प्रतिशत रहेको छ।

कम्पनिले संस्थागत लगानीकर्तालाइ २४ लाख कित्ता, स्थानीयलाइ ८ लाख कित्ता, कर्मचारीलाइ ३ लाख कित्ता छुट्याएको छ।   संस्थागत लगानीकर्ताले यो कम्पनिको सेयर आफ्नो हात पार्नलाइ आशय मुल्य भन्दा बढी तिर्ने छन्। त्यसअर्थ, यो कम्मनिको मुल्य आशय मुल्यभन्दा अझ बढी हुन सक्ने अनुमान लगाउन सकिन्छ। यद्यपि सर्वसाधारणको हकमा भने हुन आएको कट अफ मुल्यमा १० प्रतिशत छुट दिइने छ। कम्पनिले यही चैत्रसम्ममा आईपीओ ल्याउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *