ज्योति लाइफ इन्सुरेन्सले आज मिति २०७७ साल फाल्गुन २१ गते बाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनिको लागी आवेदन दिने अन्तिम मिति यही फाल्गुन २६ गते सम्मका लागी छ। यदि कम्पनिको शेयर २६ गते सम्म पुणर् बिक्रि भएन भने यस्को आवेदन दिने मिति बढाएर चैत्र ६ गते सम्मका लागि राखिने छ। तर, बिगतलाइ हेर्ने हो भने पनि प्राय सबै कम्पनिको आईपीओ निष्काशन गरेको केही दिनमा ओभर सभ्सक्राइभ भएको छ। त्यसैले यो कम्पनिको पनि केही दिनमै ओभर सभ्सक्राइभ हुने छ।
आवेदन दिदा कम्तिमा पनि १० कित्ता र बढीमा ६६ हज्जार कित्ता आवेदन दिन पाइन्छ।
तर समय सान्दर्भिक भएर हेर्दा प्रति व्यक्ति १० कित्ता आवेदन दिँदा उचित हुन्छ।
कम्पनिको जारी पुँजी रू २ अर्व २० करोडको ३० प्रतिशतले हुन आउने रू ६६ करोड
बराबरको प्रति शेयर रू १०० को दरले ६६ लाख कित्ता साधारण सेयर मध्य ३,३०,०००
कित्ता (५ प्रतिशत) कर्मचारीहरूलाइ र ३,३०,००० कित्ता (५ प्रतिशत) सामुहिक लगानी
कोषका लागि सुरक्षित गरी बाँकी रहन गएको ५९,४०,००० कित्ता सेयर सर्वसाधारणका
लागि छुट्याइएको छ। कम्पनीलाइ केयर नेपाल (CARE NEPAL) ले “CARE NP BBB
(Is)” प्रदान गरेको छ र यस्को अवधि एक वर्ष सम्म रहेको छ। यस्ले कम्पनिको
समयमानै वत्तिय दायित्व पुरा गर्ने सक्षम रहेको मध्यस्तरको सुरक्षित कम्पनि भन्ने जनाउछ।

यस कम्पनिको इस्यु म्यानेजर एन् एम् बी क्यापिटल रहेको छ र यस्को रजिष्टर कार्यालय पोखरा महानगरपालिका वडा नं ९ काँस्की जील्लामा रहेको छ। यस कम्पनिको देश भरि गरेर ११८ वटा शाखा रहेको छ। यस कम्पनिको सेयर नेप्सेमा लिस्ट हुँदा पहिलो कारोवारको दाएरा लगभग रू १३२ देखि रू ३९९ सम्म हुन आउछ। त्यसैले यो कम्पनिको सेयर भर्न नछुटाउनु होला।
यो भिडियो सामाग्री हेर्नु होला |

