तुलनात्मक रूपमा नयाँ प्रविधिको परीक्षण गर्ने सम्झौता गरेको नेपाल टेलिकम फाइभजी सेवा सञ्चालनका सरकारले लागि फ्रिक्वेन्सी निर्धारण गर्न नसक्दा अघि बढ्न नसकेको अधिकारीहरू बताउँछन्।
सरकारले चालु आर्थिक वर्ष भित्रै फाइभजी सेवा सञ्चालनका लागि परीक्षण सुरु गर्ने बताए पनि त्यस्तो सम्भावना निकै कम देखिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नयाँ प्रविधिको परीक्षणका लागि प्रयोग गर्न सकिने फ्रिक्वेन्सीहरू सिफारिस गरिसेको जनाएको छ।
तर सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले यस विषयमा निर्णय गर्न सकेको छैन।
फाइभजी सेवा परीक्षण गर्ने तयारीमा रहेको नेपाल टेलिकम फोरजी सेवा विस्तारकै चरणमा छ।
हालसम्म ६५४ स्थानीय तहमा फोरजी पहुँच स्थापित गरिसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशकले जानकारी दिए।

