ग्लोबल आईएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

dubainepal

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको बैंकले जनाएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (आईसीआरएएनपी–आईआर) एलए रेटिङ्ग प्रदान गरेको बैंकको भनाइ छ । बैंकका अनुसार यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङगलाई पनि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै (आईसीआरएएनपी–आईआर) ए–बाट (आईसीआरएएनपी–आईआर) ए मा स्तरवृद्धि गरेको थियो ।

बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आईएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *