चर्चित सञ्चारकर्मी रवि लामिछानेले गरे ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानलको घोषणा

चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानलको घोषणा गरेका छन् । मंगलबार काठमाडौँको मेरिओट होटेलमा एक कार्यक्रमको आयोजना गरेर रवि रामिछाने तथा उनको समूहले ‘ग्यालेक्सी फोरके’ नामक टेलिभिजन च्यानल आउने घोषणा गरेका हुन् । टेलिभिजनको म्यानेजिङ डाइरेक्टरमा रवि लामिछाने रहेका छन् ।

उक्त टेलिभिजन संचालनको घोषणा गर्दै लामिछानेले आफूहरु फरक टेलिभिजन हुने दाबी गरेका छन् । सो टेलिभिजनमार्फत जनताका आवाज तथा मनोरञ्जनात्मक प्रस्तुतिका कार्यक्रम रहने लामिछानेको भनाई छ । टेलिभिजन नेपालको पहिलो फोरके टेलिभिजन हुने लामिछानेले जानकारी दिए । सो टेलिभिजनले फ्रेन्चाइज शोहरु को बन्छ करोडपति तथा क्राइम पेट्रोल नेपाल कार्यक्रमको साथै रामायणको नेपाली संस्करण समेत प्रशारण गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *